सन्दीप समातिएलगत्तै प्रहरीबारे यस्तो भन्छन् उनका वकिल

काठमाडौं।

आफ्नो वकिलको उपस्थितिमा आत्म’सम’र्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अ’स्वी’कार गरेको छ। लामिछाने’वि’रुद्ध ब’ला’त्का’रको आ’रो’प छ। इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन्।

उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्म’सम’र्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए। अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए। ‘तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ। गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो। भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो।’

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो। त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ। अधिवक्ता घिमिरेकाअनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन्।

तर जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नो’वि’रुद्ध लागेको महसुस गरेको उनले सुनाए। त्यहीकारण उनी मानसिक त’ना’वमा समेत परेको घिमिरेले बताए।

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्‍याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय ज’बर्ज’स्ती क’र’णी गरेको जाहेरीमा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.