काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल फर्किसकेका छन्। उनी बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। ब’लात्का’र आ’रोपमा प’क्रा’उ परेका लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ। बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै प’क्रा’उ गरेको थियो। लगतै उनलाई पीडित किशोरीले जा’हेरी दिएको प्रहरी वृत्त, गौशालामा लगियो।
उनको मेडिकल चेकजाँचसमेत गरिसकिएको छ। सन्दीपलाई आइतबार मात्र अदालतमा उपस्थित गराइनेछ। शक्रुबार दशैंको विदा र शनिबारका कारण अदालत बन्द हुनेछ। आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ। अदालतबाट म्याद थप गरेर विस्तृत अनु’सन्धा’न हुनेछ। यो अवधिमा प्रहरीले लामिछानेको बयान लिनेलगायतका काम गर्नेछ।
सन्दीपले अहिले आफ्नो पक्षमा वकालत गर्नका लागि वकिल पनि हायर गरिसकेका छन्। विगत केही समयदेखि प्रोफेसनल लयरको बन्दोबस्त गराउनमा अभ्यस्त रहेका सन्दीपले सरोजकृष्ण घिमिरेलाई आफ्नो तर्फबाट बहस गर्नका लागि वकिल चुनेका छन्।
घिमिरे विगत लामो समयदेखि न्यायको पक्षमा आवाज उठाउँदै आएका वकिल हुन्। विगत लामो समयदेखि सशक्त रूपमा न्यायका लागि आवाज बुलन्द गर्दै आएका अधिवक्त सन्दीपको रोजाइमा पर्नुलाई ‘सकारात्मक संकेत’का रूपमा हेरिएको छ।
प्रहरीमा जा’हेरी परेदेखि नै घिमिर सन्दीपसँग ‘टच’ मा थिए। नेपाल फर्किनुअघि सन्दीपले प्रहरीलाई पत्राचार गर्दै दुई वटा आग्रह गरेका थिए। उनको पहिलो आग्रह थियो– म आफ्नो कानून व्यवसायीको रोहबरमा प्रहरीमा आत्म’सम’र्पण गर्छु। दोस्रो आग्रह थियो– आत्मसमर्पण गरेपछि मलाई ह’त्क’डी नलगाइयोस्। तर, प्रहरीले सन्दीपको दुवै आग्रह नकारेको छ। उनलाई प्रहरीले विमानस्थलबाटै ह’त्क’डी लगाएर लग्यो भने कानून व्यवसायीलाई तत्काल भेट्न दिइएन।
यद्यपि, सन्दीपका वकिल घिमिरेले बिहीबार दिउँसो गौशाला वृत्तमा सन्दीपलाई भेटेर केही बेर कुराकानी गरे। भेटमा सन्दीपको स्वास्थ्यलगायतका विषयमा सामान्य कुरा भएको घिमिरेले बताए। उनको भनाइअनुसार सन्दीप आत्मविश्वासी देखिएका थिए।भरतपुरमा जन्मेका उनले भारतको पूने युनिभर्सिटि, जोन मोरिस युनिभर्सिटिबाट शैक्षिक उपाधी हासिल गरेका थिए।
भरतपुरमा जन्मेका उनी हाल प्रोफेसनल लयरका रूपमा काठमाडौंमा कार्यरत छन्। सन्दीप आफ्नो सम्पर्कमा आइसकेपछि निरन्तर मनोवैज्ञानिक परामर्श पनि गरेको वकिल घिमिरेले बताए। उनका अनुसार आत्मविश्वास बढेर फा’इट गर्नका लागि मानसिक रूपमा बलियो भइसकेपछि सन्दीप नेपाल फर्किएका हुन्।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय ज’बर्ज’स्ती क’र’णी गरेको जाहेरीमा उल्लेख छ। तर, सन्दीपले आफू’विरुद्ध झुटो आ’रो’प लागेको बताउँदै कानुनी लडाइँ लड्ने बताउँदै आएका छन्। उनले आफू निर्दोष रहेको र आफूले छिटोभन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन्।