दीपेन्द्रको वरीयता सुधार, यस्तो छ नयाँ स्थान

काठमाडौं।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आईसीसी वरीयतामा स्थान सुधार भएको छ ।

आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा दीपेन्द्रको अलराउन्डर वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा दीपेन्द्र ९औं स्थानमा रहेका छन्। यसअघि उनी दशौँ स्थानमा थिए।

ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रको वरीयता भने एक स्थान तल झरेको छ। नयाँ वरीयतामा कुशल ५४औं र ५९औं स्थानमा रहेका छन्। बलिङतर्फ सन्दीप लामिछाने भने ६४औं स्थानमा यथावत रहेका छन्।

ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् । बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।

आईसीसीबाट आयो नेपाली टिमबारे नयाँ ठूलो अपडेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाल यथावत रहेको छ। नेपालको टी–२० वरीयतामा यथावत रहेको हो। आईसीसीले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–२० वरीयता यथावत रहेको हो।

नयाँ वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ।

यस्तै दक्षिण अफ्रिका चौथो, न्यूजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ। यसैगरी जिम्बाब्वे ११औँ, आयरल्याण्ड१२औँ, यूएई १३औँ, नामिबिया १४औँ र स्कटल्याण्ड १५औँ स्थानमा छन्। नेपालभन्दा पछि ओमान १७औँ, नेदरल्याण्ड १८औँ, पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औँ नम्बरमा छन्।

Leave A Reply

Your email address will not be published.