काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रहरी हि’रासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार भेट गरेका छन्। प्रहरी स्रोतका अनुसार गौशाला प्रहरी वृत्तको हि’रा’सतमा रहेका लामिछानेलाई भेट्न अध्यक्ष चन्द शुक्रबार बिहान पुगेका हुन्।
सो भेटका अवसरमा लामिछानेले आफूलाई फसाइएको भन्दै कानुनी लडाइँ लड्ने चन्दलाई बताएका थिए। स्रोतका अनुसार चन्दसँग सन्दीपले भनेका थिए, ‘म नि’र्दोष छु। मलाई फ’सा’इयो। अब कानुनअनुसार लड्छु। क्यानले सक्ने सहयोग गर्नुपर्छ।’
सीपीएल खेल्न जमैकामा रहेका बेला नेपालमा सन्दीपमाथि ब’ला’त्कार आरोपमा प्रहरीमा उजुरी परेको थियो। एक १७ वर्षीया बा’लिका’ले उनीमाथि ब’ला’त्का’रको आ’रो’प लगाएकी थिइन्।
आ’रोप लागेपछि सामाजिक सञ्जालमार्फत सन्दीपले छिट्टै नेपाल फर्किने बताए पनि करिब एक महिनासम्म नआएपछि नेपाल प्रहरीले इन्टरपोल गुहारेको थियो। इन्टरपोलमार्फत् डिफ्युज नोटिस जारी भएपछि सन्दीपले नेपाल आएर प्रहरी समक्ष आत्म’सम’र्पण गरेका हुन्।
प्रहरीले सन्दीपलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि’यन्त्र’णमा लिएको थियो । उनी कतारको दोहाबाट कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं उत्रिएका थिए।
दीपेन्द्रको वरीयता सुधार, यस्तो छ नयाँ स्थान
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको आईसीसी वरीयतामा स्थान सुधार भएको छ ।
आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा दीपेन्द्रको अलराउन्डर वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा दीपेन्द्र ९औं स्थानमा रहेका छन्। यसअघि उनी दशौँ स्थानमा थिए।
ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रको वरीयता भने एक स्थान तल झरेको छ। नयाँ वरीयतामा कुशल ५४औं र ५९औं स्थानमा रहेका छन्। बलिङतर्फ सन्दीप लामिछाने भने ६४औं स्थानमा यथावत रहेका छन्।
ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् । बलिङमा अष्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाल यथावत रहेको छ। नेपालको टी–२० वरीयतामा यथावत रहेको हो। आईसीसीले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–२० वरीयता यथावत रहेको हो।
नयाँ वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ।
यस्तै दक्षिण अफ्रिका चौथो, न्यूजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ। यसैगरी जिम्बाब्वे ११औँ, आयरल्याण्ड१२औँ, यूएई १३औँ, नामिबिया १४औँ र स्कटल्याण्ड १५औँ स्थानमा छन्। नेपालभन्दा पछि ओमान १७औँ, नेदरल्याण्ड १८औँ, पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औँ नम्बरमा छन्।