काठमाडौं।
भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे । यसअघि छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
भियतनामको यो लगातार दोस्रो जित हो । भियतनामले पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूह ‘एफ’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ ।
छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।
विश्वकप सुरु नहुँदै मेस्सीले गरे ठूलो नयाँ खुलासा
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकप सुरु हुनुअघि ठूलो घोषणा गरेका छन्। उनले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । ल्याटिन अमेरिकी मिडिया स्टार प्लससँग कुरा गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप हुने बताएका हुन् ।
कतार विश्वकप सुरु हुन दुई महिना पनि बाँकी छैन । तर प्रतियोगिता सुरु नहुँदै मेस्सीले खास खुलासा गरेका छन् । अर्जेन्टिनालाई यस विश्वकपको उपाधिको दाबेदार टिम मानिएको छ । सन् २०२१ म कोपा अमेरिका जितेपछि अर्जेन्टिना विश्वकपको उपाधि दाबेदार टिम बनेको हो । अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित समेत रहेको छ ।
मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन् । उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन् । मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन् । ‘म विश्वकपसम्मको दिन गनिरहेको छु । साँचो कुरा यही हो । थोरै चिन्तापनि छ, हामी खेल्नका लागि प्रतिक्षा गर्न सक्दैनौं । दोस्रो कुरा प्रतियोगिता अघि एउटा निश्चित तनाव समेत छ ।’
उनले कतारमा विश्वकप जित्ने आफ्नो टिमको सम्भावनाको विषयमा समेत बोलेका छन् । ‘जसरी चिज बदलिएको छ । त्यसको कारण हामी निकै राम्रो क्षणमा छौं । एउटा निकै बलियो समुहसँग छौं । तर विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छ । त्यसैले एक विश्वकप यति धेरै खास हुन्छ, किनकी दाबेदार सबै जित वा अपेक्षा अनुसारको प्रर्दशन गर्न सक्दैन । अर्जेन्टिना सधै आफ्नो इतिहासका कारण एउटा दाबेदार टिम हो ।’
सन् २०१४ मा मेस्सी विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता जित्ने सम्भावनाको निकै नजिक पुगेका थिए । पीएसजीका फरवार्डले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । तर अन्तिम फाइनल खेलमा अर्जेन्टिनाले जर्मनीसँग हार ब्यहोरेको थियो ।