यू-१९ विश्वकप छनोट खेल्ने सबै टोली तय, यस्तो छ नेपालको सम्भावना

काठमाडौं।

सन् २०२४ मा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको छनोट खेल्ने सबै राष्ट्रको टुंगो लागेको छ। यू-१९ विश्वकप छनोटमा नेपालले समेत सहभागिता जनाउने छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका थिए । यी आठ टिमबाट शीर्ष दुईमा रहेका सिङ्गापुर र हङकङ डिभिजन वानमा प्रवेश गरेका छन् ।

यी टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन वानमा नेपाल, यूएई, मलेसिया र कुवेत रहेका छन् । यस डिभिजनबाट शीर्ष एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागीता जनाउने छन् । प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भइसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् ।

यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष ११ मा रहेका टिम आगामी विश्वकपका लागि सिधै छनोट भइसकेका छन् ।

छनोट हुने ११ मुलुकमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बावे रहेका छन् ।

५ टोली भने एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट समान १/१ टिम रहनेछन् । नेपालले भने ६ टोली रहेको एसिया क्षेत्रको डिभिजन वान जित्नुपर्ने हुन्छ । यस डिभिजन वानमा ६ टोली रहने एसिया डिभिजन वान जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।

सन् २०१६ पछि नेपालले ३ संस्करणको विश्वकप खेलेको छैन। नेपालले हालसम्म ७ पटक विश्वकपमा सहभागिता जनाईसकेको छ ।

Leave A Reply

Your email address will not be published.