काठमाडौं।
दुई दिनदेखि प्रहरी हि’रास’तमा रहेका क्रिकेट स्टार सन्दीप लामिछाने हि’रा’सतमा के गर्दै होलान्? उनी हि’रासतमा कसरी राखिएका होलान्? धेरैलाई जिज्ञासा छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भरतबहादुर बोहोराका अनुसार चर्चित व्यक्ति हुँदैमा उनलाई फरक व्यवहार गरिएको छैन । ‘कानूनको नजरमा सबै समान हो, अन्य थुनुवा सरह व्यवहार गरिएको छ’, बोहोरा भन्छन्।
परिसरका अर्का एक अधिकृतका अनुसार लामिछानेसँगै गौशाला प्रहरीको हिरासतमा थप ३० जना थु’नुवा छन्। हि’रासत कक्ष सानो भएकाले कोचाकोच गरेर उनीहरुलाई राखिएको छ। लामिछाने पनि त्यहीँ छन्। हिरासतभित्रै एउटा मात्र शौचालयको व्यवस्था छ।
‘धेरैजना थुनु’वा भएकाले कहिलेकाहीँ धेरै पालो कुर्नुपर्छ’, ती अधिकृतले भने, ‘अवर पर्दा कहिलेकाहीँ थुनु’वालाई बाहिरको शौचालय पनि प्रयोग गर्न दिने गरेका छौं।’ गौशाला प्रहरीका अर्का एक अधिकृतका अनुसार लामिछानेले हि’रा’सतमा अरु थुनु’वासँग गफ गर्दै दिन काट्ने गरेका छन् । उनलाई भेट्न पनि आफन्त र अन्य व्यक्तिहरु आउने गरेका छन् ।
प’क्रा’उ परेको दिन उनलाई भेट्न सन्दीपका कानून व्यवसायी सरोज घिमिरेलाई पनि अफ्ठ्यारो प¥यो। बिहीबार विमानस्थलमा लामिछानेलाई पक्राउ गर्न प्रहरी तैनाथ रहँदा घिमिरे प्रहरी वृत्त गौशालामा थिए। उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ला भन्ने लागेकै थिएन।
गौशालामै लामिछानेलाई भेट्न भनेर कुरेर बसेका घिमिरे लामिछानेलाई पक्राउ गरेर प्रहरीले ल्याएपछि झस्किएका एक प्रहरी अधिकृत बताउँछन्। उनले इमेलमार्फत सन्दीपले आत्म’सम’र्पण गर्न चाहेकाले समन्वय गरिदिन प्रहरीलाई भनिएको बताउँदै आएका थिए। तर, प्रहरी त्यस्तो निवेदन नआएको प्रतिक्रिया दिएको थियो। घिमिरेले लामिछानेलाई भेटेपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले भनेका छन्, ‘उहाँले आफू षड’यन्त्रको शिकार भएको बताउनु भएको छ र नि’र्दोष साबित हुनेमा विश्वस्त हुनुहुन्छ ।’ शुक्रबार क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पनि लामिछानेलाई भेटेका छन्। हि’रास’तमा थु’नु’वाका लागि प्रहरी कार्यालयमै खाना बनाइन्छ। थुनुवाले चाहे क्यान्टिनबाट मगाएर पनि खान सकिन्छ। तर, अहिले दसैंका कारण क्यान्टिन बन्द रहेको एक अधिकृतले बताए।
‘बाहिरबाट पनि ल्याउन पाइन्छ, निश्चित प्रक्रिया पूरा गरेर दिन्छौं’, उनले भने, ‘तर लामिछानेलाई अहिलेसम्म बाहिरबाट कसैलाई खाना ल्याइदिएको छैन।’ उनका अनुसार लामिछानेलाई अन्य थु’नुवा सरह नै शाकाहारी खानाको व्यवस्था गरिएको छ।
हि’रास’तमा लामिछानेसँगै लागू’औष’ध कसू’रका एक भारतीय नागरिकसहित ४ थु’नुवा छन् । चोरीका दुई जना आ’रोपी छन्। अभ’द्र व्यव’हारसम्बन्धी कसू’रका एक भारतीयसहित ७ जना व्यक्ति हिरा’सतमा छन् । गौशाला प्रहरीको हिरासतमा ज्या’न मा’र्ने उद्योगका भारतीय नागरिक २२ वर्षीय अलवाज खान र गुल्मीका सन्तोष खड्का पनि छन्। बहुविवाहको कसू’रमा पनि एकजना थु’नामा छन् ।
बैंकिङ कसूरका नारायणप्रसाद भुसाल र तुलबहादुर पुन पनि छन्। सरकारी छाप तथा दस्तखत कीर्ते कसू’रका सीता योन्जन तामाङ र पदमबहादुर तामाङ पनि हि’रा’सत’मै छन्। प्रहरीले अदालत विदा भएका कारण सन्दीप लामिछानेमाथि अनु’स’न्धानका लागि म्याद लिएको छैन। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आइतबार अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइनेछ र म्याद लिइनेछ।
प्रहरीका अनुसार गौशालाको हि’रास’तमा लामिछाने जस्तै म्याद थप नगरी राखिएका अरु ४ जना अभि’युक्त पनि छन् । त्यस्ता अभि’युक्तमा गाँजासहित प’क्रा’उ परेका विमल देउला, पैसा लुट’पाटमा संलग्न सुजन राउत, सञ्जय थापा लगायत छन् । लामिछाने’वि’रुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले ज’बरज’स्ती करणीको कसू’रमा किटा’नी जाहे’री दिएकी थिइन् ।
नाबा’लिग बला’त्का’रको जाहेरी परेको दुई दिनपछि प्रहरीले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । प’क्रा’उ पूर्जी जारी भएपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको कप्तानबाट नि’ल’म्बन गरेको थियो । लगत्तै लामिछानेले कानूनको सम्मान गर्दै स्वदेश फर्किने बताए पनि एक महिनासम्म सम्पर्क’वि’ही’न रहेका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि उनी बिहीबार स्वदेश फर्किएका थिए।