आज चाइनिज ताइपेसँग खेल्दै नेपाल, यस्तो छ टिमको योजना

काठमाडौं।

भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ।

समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रहेको छ । ताइपे तेस्रो स्थानमा रहेको छ । ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

यसैबीच, गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुदैछ ।

पोखरा क्रिकेट मैदानमा पहिलो दिन आइतबार दुई खेलहरु हुदैछन् । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।

महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।

Leave A Reply

Your email address will not be published.