सन्दीप प्रकरणले लियो कसैले नसोचेको नयाँ मोड

काठमाडौं।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्र’ क’ रणले नयाँ मोड लिएको छ। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एक टेलिभिजन च्यानललाई दिएको अन्तरर्वार्तापछि घट’ नाले नयाँ मोड लिएको हो। चन्दले अन्तरवार्ता दिँदै ब’ला’त्का’र आ’रो’प लागेका सन्दीपको बचाउ प्रयास गरे। त्यस क्रममा उनले सन्दीपमाथि आरोप लगाउने किशोरीको ‘ना’ बा’ लिग’ नरहेको आशयसमेत व्यक्त गरेका छन्।

अन्तरवार्तामा उनले यस्तो भनेका थिए : तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्राण चैं जुटिसकेको अवस्था छ । मैले बुझेको मैले सुनेको आधारमा-कन्फिडेन्सका साथ भन्न सक्छु जुन पि’डि’त बा’लिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ । एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ ।

सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनुसन्धान गर्दा । त्योबाट मलाई आ’शं’का भयो कि कुनै न कुनै तरिकाले सन्दीपमा’थि त्यस्तो खालको ष’ड’य’न्त्र भएको हुन सक्छ । किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई नाबालिग मानिन्छ । नाबालिगलाई सहमतिमा राखेको यौ’न’सम्बन्ध पनि ब’ला’त्का’र ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौ’नस’म्बन्ध दण्डनीय हुँदैन । त्यसैले यस घटनामा जाहेरीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।

क्रिकेट संघजस्तो जिम्मेवार निकायमा रहेका व्यक्तिले जाहेरीकर्ता किशोरीको उमेर १८ वर्ष नाघिसकेको दाबी गरेपछि त्यसले चर्चा बटुल्नु स्वभाविकै भयो । त्यसमै टेकेर कतिले समाचार पनि बनाएका छन् । यद्यपि, नेपाल प्रेससँगको कुराकानीमा चन्दले आफूसँग किशोरीले उमेर बढाएको प्रमाणित हुने कुनै ठोस प्रमाण भने नरहेको स्वीकार गरेका छन् ।

के आधारमा यस्तो दाबी गर्नुभयो त भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै चन्दले यस्तो भने:

‘जाहेरीकर्ताको वास्तविक उमेरलाई लिएर हप्ता १० दिनदेखि हल्ला आइरहेको थियो । यद्यपि, अहिलेसम्म हामीसित त्यस्तो केही डकुमेन्ट आइपुगेको छैन । हामी पनि आफ्नो हिसाबले खोज्दैछौं । उमेर सच्याएको भनेर आइरहेको हुनाले यो विषयमा चाँडोभन्दा चाँडो प्रहरीले अनु’स’न्धान गर्नुपर्छ भन्ने मेरो भनाइ हो । हामीसँग डकुमेन्ट नभए पनि सम्वन्धित निकायले, प्रहरीले ल्याउनुपर्यो । जन्मदर्ताको कुरा सुन्नमा आएको छ । तर पेपर नहुञ्जेल ठोकुवा गरेर भन्न मिलेन । नेपालमा अधिकांसले एसएलसी दिँदा वा एसएलसीको फाराम भर्दाखेरि वास्तविक उमेरभन्दा घटाउने प्रचलन देशभरी रहेछ । सबैका अभिभावकले त्यो भने । जागीरका लागि वा विहेका लागि धेरैले त्यस्तो धेरैले गर्दा रहेछन् । मैले यही कुरा जानकारी गराएको हो । बजारमा केही कुरा आउँछ भने डिसिजनमा पुग्नुपर्ला नि । त्यसैका लागि बोलेको हुँ ।’

सन्दीपको तर्फबाट बहसको तयारी गरिरहेका कानून व्यवसायी सरोज घिमिरेले पनि जाहेरीकर्ताको उमेर विवादित रहेको सूचना आफूकहाँ पनि आएको तर ठोस प्रमाण नरहेको बताए । ‘मैले पनि धेरै कुराहरु सुनिरहेको छु। तर हातमा प्रमाण नभएसम्म बोल्न मिल्दैन। जे होस, शंका गर्ने ठाउँ छ,’ उनले भने।

घिमिरले आफ्नो टिमले आन्तरिक अ’नु’स’न्धान सुरु गर्ने र उमेरको विषयमा पनि खोजिनिति गर्ने बताए । यसैगरि, सन्दीप बचाउ संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पिडित भनिएकी किशोरीको नागकिरताको उमेर र जन्मदर्ताको उमेरमा दुई वर्षको फरक रहेको दावी गरेको छ। किशोरीको जन्मदर्ता र नागरिकता छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।–नेपाल प्रेसबाट

Leave A Reply

Your email address will not be published.