काठमाडौं।
एकदिवसीय सिरिजतको अन्तिम तथा निर्णायक म्याचमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई १ सय रनको सामान्य लक्ष्य दिएको छ। दिल्लीमा टस हारेर पहिले ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले २७.१ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो।
उसका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाए। उनले ४२ बलमा ४ चौकाको मद्दतमा ३४ रन बनाएका हुन्। यस्तै, जन्नेमन मलानले १५ र मार्को जेन्सेनले १४ रन जाडे। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले ४.१ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। यस्तै, मोहम्मद सिराज, शाहबाज अहमद र वाशिङ्गटन सुन्दरले २–२ विकेट हात पारे।
तीन म्याचको एकदिवसीय सिरिज १–१ को बराबरीमा रहेको थियो। पहिलो खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको थियो। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतले ७ विकेटको जित निकालेको थियो। आजको म्याचमा विजयी हुने टिमले सिरिज आफ्नो पक्षमा पर्नेछ।
आईसीसीले नेपाललाई दियो ‘पहिलो नम्बर’ मा स्थान
आईसीसी पुरुष टी–२० विश्वकप सुरु हुन अब पाँच दिन मात्रै बाँकी रहेका छन्। विश्वकप १६ अक्टोबरदेखि सुरु हुँदैछ। विश्वकपका खेलहरू अष्ट्रेलियाका सात शहरमा हुने छन्। प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ।
१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुनेछ। नेपालले पनि गतवर्ष ओमानमा भएको छनोटमा भाग लिए थियो। तर सेमिफाइनलमा यूएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
टी–२० विश्वकप २०२२ को समूह ‘ए’ मा नामिबिया, श्रीलंका, युएई, जिम्बाब्वे वा नेदरल्याण्ड्स तथा समूह ‘बी’ मा आयरल्याण्ड, स्कटल्याण्ड, वेष्ट इण्डिज, जिम्बाब्वे वा नेदरल्याण्ड्स छन्। सुपर १२– समूह १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, समूह ‘ए’ विजेता, समूह ‘बी’ उपविजेता छन्।
सुपर १२– समूह २ मा बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह ‘बी’ विजेता, समूह ‘ए’ उपविजेता छन्। पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
यसैक्रममा आईसीसीले नेपाललाई पहिलो स्थानमा राखेको छ। तीन दिनअघि आईसीसीले सार्वजनिक गरेको ‘विश्वकप ट्रफी टूर’को शीर्ष स्थानमा नेपाललाई राखेको हो। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार राखिएको थियो। आईसीसीले ट्रफी सगरमाथा आधार शिविरमा राखेको तस्वी पहिलो नम्बरमा राखेको छ। जुन फोटोलाई सबैभन्दा बढी साढे ६ हजार बढी व्यक्तिले लाइक गरेका छन्। उक्त फोटोमा २ सय बढी कमेन्ट र ७६ सेयर भएको छ।
सावन पाइक नाम गरेका समर्थकले ‘आशा गरौं कि अर्को दशकमा हामी टी–२० विश्वकप घरमा ल्याउनेछौं’ भनेर कमेन्ट गरेका छन्। एकजना पाकिस्तानी समर्थक अख्तर अराइनले ‘म वास्तवमै नेपालले टी–२० विश्वकप खेलोस् भन्ने चाहन्छु, उनीहरूमा क्रिकेटप्रति दक्षिण एसियाली प्रकारको जोश छ।’ आइसीसी ट्रफी टुर अन्तर्गत टी–२० विश्वकप ट्रफी नेपाल ल्याइएको थियो। यसअघि सन् २०१८ मा एकदिवशीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो। त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ।