नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्ने, यस्तो छ तालिका

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याच खेल्ने भएको छ। नेपालले अर्को महिना पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो। म्याचका लागि पाकिस्तानी फुटबल टिम नोभेम्बरको मध्यमा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

पाकिस्तान फुटबल महासंघले नोभेम्बरको मध्यमा नेपालसँग खेल्न तयार भएको घोषणा गर्न पाउँदा खुसी लागेको जनाएको छ। सामाजिक सञ्जालमार्फत् नेपालसँग खेल्न पाउने भएका पनि पाकिस्तान फुटबल महासंघ खुसी व्यक्त गरेको छ।

लाहोरमा ६ हप्ताको सघन अभ्यासपछि नोभेम्बरको मध्यमा हुने मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने पाकिस्तानले जनाएको छ। अभ्यासपछि अन्तिम टोली घोषणा गरिनेछ। फिफाले चार महिनाअघि पाकिस्तान फुटबल महासंघमाथिको निलम्बन हटाएको थियो।

सन् २०१७ अक्टोबर १० मा पहिलो पटक निलम्बनमा परेको पाकिस्तानलाई फिफाले २०१८ को एसियन गेम्स र साफका विभिन्न प्रतियोगिता खेल्न पाउने गरी निलम्बन गरेको थियो। निलम्बन फुकुवापछि पाकिस्तानले पहिलोपटक नेपालसँग खेल्न लागेको हो।

फिफा वरियतामा नेपाल १ सय ७५औँ स्थानमा रहँदा पाकिस्तान १ सय ९४औँ नम्बरमा छ। नेपालले हालै दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशसँग मैत्रीपूर्ण म्याच खेलेको थियो।

नेपालले फिफा इन्टरनेसनल विन्डोअन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको थियो नेपालको जितमा अन्जन विष्ट नायक बनेका थिए। उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको थियो।

नेपाली क्रिकेट टिमबारे आईसीसीबाट आयो नयाँ अपडेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाल यथावत रहेको छ । नेपालको टी–२० वरीयतामा यथावत रहेको हो। आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–२० वरीयता यथावत रहेको हो।

नयाँ वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६औं स्थानमा रहेको थियो। नेपालले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सीधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। सन् २०२४ को टी–२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।

यसैवर्ष १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपका शीर्ष आठ टोली पनि विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन्। यो विश्वकप सकिएलगत्तै १४ नोभेम्बमा आईसीसीले जारी गर्ने वरियताको नवौं र दशौं राष्ट्र। यदि वेष्ट इण्डिज शीर्ष आठमा परेमा वरीयताको ११औं स्थानको राष्ट्रले पनि अवसर पाउनेछ।

नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ। यस्तै पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ।

यसैगरी जिम्बाब्वे ११औँ, आयरल्याण्ड१२औँ, यूएई १३औँ, नामिबिया १४औँ र स्कटल्याण्ड १५औँ स्थानमा छन्। नेपालभन्दा पछि ओमान १७औँ, नेदरल्याण्ड १८औँ, पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औँ नम्बरमा छन्।

Leave A Reply

Your email address will not be published.