पहिले ब्याटिङ गर्नै कुशलआवद्ध शार्क, यस्तो छ प्लेइङ–११

काठमाडौं।

पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आवद्ध ग्वादार शार्कले आफ्नो चौथो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। बाहवालपुर रोयल्सले टस जितर पहिले बलिङ राजेपछि शार्क ब्याटिङमा तानिएको हो।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ देखि सुरु भएको छ। खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुँदैछ। शार्क यो खेलमा पनि सहज जित निकाल्दै प्लेअफमा प्रवेश गर्न चाहान्छ। शार्क लगातार चौथो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा शार्कले रावलपिण्डी राईडर्सलाई, दोस्रो खेलमा हैदराबादलाई तथा तेस्रो खेलमा गुजरनवाला जाईन्ट्सलाई पराजित गरेको थियो। कुशल भने आज पनि बेन्चमै सीमित रहेका छन्। यसअघिका तीनै खेलमा कुशल भने बेन्चमा रहेका थिए।

रोयल्स भने चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ। तीन जितका साथ शार्क अंकतालिकाको र्शीष स्थानमा रहेको छ। पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तराष्ट्रिय खेलेका छन्।

कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमानसमेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।

प्लेइङ–११

अष्ट्रेलियाको नयाँ कप्तान बन्दै वार्नर !

अष्ट्रेलियाको एकदिवसीय क्रिकेट टिम कप्तानविहीन अवस्थानमा रहेको छ। नियमित कप्तान आरोन फिन्चले संन्यास लिएपछि अष्ट्रेलियाली टिम एकदिवसीय कप्तानविहीन रहेको हो। अब क्रिकेट अष्ट्रेलियाले नयाँ कप्तान नियुक्त गर्ने भएको छ।

ओपनर डेविड वार्नर नयाँ कप्तान बन्ने दाउमा छन्। वार्नरले अष्ट्रेलियाको नयाँ एकदिवसीय कप्तान बन्नका लागि आफ्नै टिमबाट समर्थन पनि पाएका छन्। ३५ वर्षीय वार्नरले फिन्चको स्थान लिन सक्नेछन्। अलराउन्डर मिचेल मार्शले पनि वार्नर कप्तानी बन्नुपर्नेमा समर्थन गरेका छन्। ‘उनी (वार्नर) हाम्रो समूहका उत्कृष्ट नेता हुन्,’ मार्शले भने, ‘जहाँसम्म सबै निर्णयहरू जान्छ, म निश्चित रूपमा ती सबै कुराकानीहरूबाट टाढा छु। तर उनी टोलीमा पर्न सक्ने उत्कृष्ट व्यक्ति हुन्।’

मार्शले आफू कप्तान बन्ने दौडबाट बाहिर रहेको डेलीमेललाई बताएका छन्। ‘मलाई भूमिकाको लागि विचार गरिएको थियो तर आफैंलाई त्यसबाट बाहिर निकाले,’ उनले भने, ‘इमानदारीपूर्वक भन्नु पर्दा म कप्तानीको दौडबाट बाहिर छु।’

सन् २०१८ मा दक्षिण अफ्रिकासँगको टेस्ट म्याचका क्रममा क्यामरुन ब्यांक्रफ्टले ‘बल टेम्परिङ’ गरेको टिभी फुटेजमा देखिएको थियो। सो कार्य तत्कालीन कप्तान स्टिभ स्मिथ तथा उपकप्तान वार्नरसमेतको छलफलमा सुनियोजित रुपमै अघि बढाइएको भन्दै उनीहरूलाई प्र’ति’ब’न्ध लगाइएको थियो।

मार्शले अष्ट्रेलियाको नयाँ एकदिवसीय कप्तानको रूपमा फिन्चको सम्भावित स्थानमा वार्नरलाई समर्थन गरेका हुन्। ‘बल टेम्परिङ’ कारण वार्नरलाई लागेको आजीवन नेतृत्व प्र’ति’ब’न्धलाई उल्टाउन आवश्यक छ। फिन्चले पनि वार्नरलाई कप्तानीको आजीवन प्र’ति’ब’न्ध फु’कु’वा गर्नु पर्ने बताउँदै आएका छन्। उनले फु’कु’वा हुनेमा विश्वास पनि व्यक्त गरेका छन्।

स्मिथ र वार्नर एक वर्षे प्र’ति’ब’न्धपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपनि टोलीको नेतृत्व गरेका छैनन्। स्मिथले एक अन्तर्राष्ट्रिय टेष्ट म्याचमा कप्तानी गरेका थिए। वार्नरले भने गरेका छैनन्। टेष्ट कप्तान प्याट कमिन्स र विकेटकिपर एलेक्स केरी पनि एकदिवसीय कप्तान बन्न सक्ने खेलाडी हुन्।

तर, वार्नरको सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अष्ट्रेलियाका लागि वार्नरले अहिलेसम्म १ सय ३८ एकदिवसीय म्याच खेलेका छन्। जसमा उनले १८ शतक र २६ अर्धशतकको मद्दतमा ५ हजार ७ सय ९९ रन बनाएका छन्।

Leave A Reply

Your email address will not be published.