टी-२० विश्वकप आजदेखि, पहिलो दिन भिड्दैछन् यी ४ टिम

काठमाडौं।

आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबारबाट अष्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेलहरु हुँदैछन् । उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।

नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दै छ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यि दुई टोली टी-ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ विकेटले विजयी भएको थियो ।

पछिल्लो पाँच टी-ट्वान्टी आई खेलमा अपराजित श्रीलंका सोही लयलाई निरन्तरता दिन चाहन्छ । नामिबीया विगत भुलेर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

आइतबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ।

यूएई आफ्नो दोस्रो टी-ट्वान्टी विश्वकप खेल्दै छ । नेदरल्यान्ड्सले यसपटक ५ औं पटक विश्वकप खेल्दै छ । यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा चार पटक यूएईले जित हात पार्दा एक खेल नेदरल्यान्ड्सले जितेको छ । यूएई सोहि लयलाई जारी राख्न चाहन्छ भने नेदरल्यान्ड्स इतिहास बदल्न चाहन्छ ।

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।

दुई समूहका शीर्ष २२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह ‘बी’ को बिजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन् । यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.