श्रीलंकालाई हराएपछि यस्तो भन्छन् नामिबियाका कप्तान

काठमाडौं।

अष्ट्रेलियामा आइतबारदेखि सुरु भएको आईसीसी टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ। टेस्ट राष्ट्र श्रीलंकामाथि ५५ रनको शानदार जितका साथ नामिबियाले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो। नामिबियाको यो ऐतिहासिक जित पनि हो। नामिबियाले पहिलोपटक श्रीलंकालाई हराएको हो।

यस जितसँगै नामिबियाले समूह ‘ए’ मा महत्वपूर्ण दुई अंक जोडेको छ। नामिबियाले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाको लागि कप्तान दाशुन शनकाले २३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए। यस्तै, भानुका राजपक्षेले २०, महेश थिक्सेनाले अविजित ११ रन बनाउँदा वानिन्दु हसरंगा ४, चामिका करुणारत्ने ५ र दुश्मन्था चामिरा ८ रनमा आउट भए

नामिबियाका स्पिनर बेर्नाड स्कोल्ट्जले र बेन शिकोङ्गोले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित दिलाएका हुन्। स्कोल्ट्जले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए। शिकोङ्गोले ३ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट हात पारे। यस्तै। जान फिंलिक र डेविड विजाले पनि २–२ तथा जेजे स्मितले एक विकेट झारे।

त्यसअघि साइमन्ड्स स्टेडियम जिलङमा टस हारेर पहिला ब्याटिङको मौका पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । उसका लागि ज्यान फ्रिलिंकले शानदार पारी खेले। उनले २८ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए।

यस्तै, जेजे स्मितले १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे। १४.२ ओभरमा ९३–६ को कमजोर अवस्थामा रहेको नामिबियाले डेथ ओभरमा उत्कृष्ट फिनिशिङ गरेको थियो। यस्तै, स्टेफन ब्राड २६, कप्तान गेरार्ड इरास्मस र लोफ्टी ईटनले २०–२० रन बनाए। श्रीलंकाका लागि प्रमोद मधुसानले २, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा र महेश थिक्सनाले एक एक विकेट लिए।

टेष्ट राष्ट्र श्रीलंकालाई हराएपछि नामिबिया कप्तान गेर्हार्ड इरास्मसले प्रतिक्रिया दिएका छन्। उनले श्रीलंकालाई विश्वकपमा हराउन पाउँदा निकै खुसी लागेको बताएका छन्। खेलपछि प्रतिक्रिया दिँदै उनले अविश्वसनीय यात्राको सुरुवात भएको पनि भएको बताएका छन्। उनले आफू र देशका लागि ऐतिहासिक दिन भएको पनि बताएका छन्।

‘यो अविश्वसनीय यात्रा सुरु भएको छ, गत वर्ष हाम्रो लागि रोमाञ्चक थियो। हामी अहिले उत्कृष्ट जितका साथ शीर्ष स्थानमा छौं,’ उनले भने, ‘यद्यपि बाँकी प्रतियोगिताका लागि अझै धेरै काम गर्न बाँकी छ। तर हो यो जे भयो हाम्रो लागि ऐतिहासिक दिन पनि हो आज।’

उनले आफ्ना टिमका हेड कोचको पनि प्रशंसा गरेका छन्। ‘हेड कोच पिएरे डे ब्रुएनले २०१९ देखिहाम्रो लागि यो सम्पूर्ण जहाज घुमाउनुभयो। उहाँले यस टोलीमा संस्कृतिको विकास गर्नुभएको छ। एउटा जुन साँच्चै जित्ने संस्कृति हो र एक जो सँगै रहन्छ।’ उनले भने, ‘सीमित स्रोतहरूसँग मलाई लाग्छ कि तपाईले साँच्चै कडा जहाज चलाउनुपर्छ र मलाई लाग्दैन कि उसले विगत तीन वर्षमा गरेको जस्तो कडा जहाज चलाउन सक्ने अरू कोही छैन र, यस्ता दिनहरू उहाँको प्रयासको प्रतिफल हो।’

उनले टिमले ब्याटिङ र बलिङका साथै फिल्डिङमा पनि राम्रो प्रदर्शन गरेको बताएका छन्। उनले सोही प्रदर्शनका कारण श्रीलंकालाई हराउन सकिएको पनि बताएका छन्।

Leave A Reply

Your email address will not be published.