कुशलको टिम समूह विजेता बन्दै प्लेअफमा, निकाल्यो शानदार जित

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल पनि आवद्ध ग्वादार शार्क पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) को प्लेअफमा प्रवेश गरेको छ। आइतबार राति भएको आफ्नो लिग चरणको अन्तिम तथा पाँचौं खेलमा मर्डन वारियर्सलाई ७७ रनले हराउँदै प्लेअफमा प्रवेश गरेको हो। समूह विजेता बन्दै शार्कले प्लेअफमा स्थान बनाएको हो।

शार्कले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मर्डनले १६.३ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो। उसका लागि बुरहान नियाजले ४७, हसीबुल्लाह खानले २० र दाउद नजरले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।

शार्क सस्तैमा समेट्ने क्रममा साद मसूदले उत्कृष्ट बलिङ गरे। उनले २.३ ओभरमा मात्र ६ रन दिँदै सर्वाधिक ५ विकेट लिए। यससँगै उनी जारी पीजेसीएलमा एकै इनिङ्समा पाँच विकेट लिने खेलाडीसमेत बनेका छन्।

यस्तै, अफताब अहमद र मोहम्मद इस्माइलले २–२ विकेट हात पारे। त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको शार्कले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो।

उसका लागि लुक बेन्केनस्टाइनले उत्कृष्ट ब्याटिङ गरे। उनले बलमा ४६ बलमा १० चौका र २ छक्काको मद्दतमा ७४ रनको योगदान दिए। यस्तै, कप्तान शमिल हुसेनले ३२, अराफात मिन्हासले ३०, मुहम्मद जुल्किफलले १४ र हसीब नाजिमले ११ रन बनाए।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। बलिङमा वारियर्सका लागि मोहम्मद इरफानले ३, आर्ची लेनहमले २ तथा हसीबुल्लाह खान र अबिद उल्लाहले १–१ विकेट लिए। शार्कले समूह चरणका पाँचौं खेलमा चार म्याच जित्यो।

कुशलले भने आज पनि प्लेङङ–११ मा मौका पाएका छैनन । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। तर, कुशल लगातार पाँचौं खेलमा पनि बेन्चमा नै सीमित भएका छन्।

१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए। कुशल यसअघि यूएईमा आयोजना हुने टी–१० लिगमा समेत सहभागीता जनाइसकेका छन्।

अब यस्तो बन्यो फाइनल समिकरण

Leave A Reply

Your email address will not be published.