भारतले अष्ट्रेलियालाई दियो बलियो लक्ष्य, राहुलको उत्कृष्ट ब्याटिङ

काठमाडौं।

आईसीसी टी-२० विश्वकपअघिको पहिलो वामअर्पमा भारतले घरेलु टोली अष्ट्रेलियालाई १ सय ८७ रनको लक्ष्य दिएको छ। ब्रेसबेनमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो।

भारतका लागि उपकप्तान केएल राहुल र सूर्यकुमार यादवले शानदार ब्याटिङ गरे। राहुलले ३३ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रनको योगदान दिए। यादवले ३३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रन जोडे।

यस्तै, दिनेश कार्तिकले २०, विराट कोहलीले १९, कप्तान रोहित शर्माले १५, अक्षर पटेलले अविजित ६ रन बनाउँदा रविचन्द्र आश्विन ६ र हार्दिक पाण्ड्या २ रनमा आउट भए।

अष्ट्रेलियाका लागि केन रिचड्सनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए। यस्तै, ग्लेन म्याक्सवेल, मिचल स्टार्क र एश्टन अगरले १-१ विकेट हात पारे।

आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछ । होवार्टमा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ का दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा स्कटल्याण्ड र वेस्ट इण्डिज खेल्दै छन् । बेरिलिभ ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु भएको छ।

स्कटल्याण्ड आफ्नो पाँचौं विश्वकप खेल्दै छ । पूर्व च्याम्पियन वेस्ट इण्डिज भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यि दुई टोली टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो पटक खेल्दै छन्।

सोमबार नै हुने दोस्रो खेलमा समूह ‘बी’ का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन् । बेरिलिभ ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ।

आयरल्याण्ड आफ्नो सातौं टी-ट्वान्टी विश्वकप खेल्दै छ । जिम्बाबेले यसपटक छैठौं विश्वकप खेल्दै छ । यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा तीन पटक आयरल्याण्डले जित हात पार्दा दुई खेल जिम्बाबेले जितेको छ ।

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।

दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड,पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह ‘बी’ को बिजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन् । जारी विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.