आर्मी फुटबलको फाइनलमा, यी हुन् ‘निर्णायक गोल’गर्ने खेलाडी

पोखरा।

त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको ह ।

आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे। खेलको ५८औं मिनेटमा सुदिलले निर्णायक गोल गरे। उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए।

आर्मीले खेलको सुरुवातदेखि गण्डकीलाई दबाबमा राखेपनि पाएको अवसरको सदुपयो गर्न नसक्दा १–० मै चित्त बुझाउन बाध्य भयो।  आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो। आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो।

एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।

एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १-१ गोल गरे। सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए । अब एपीएफले स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। त्यस्तै सुदूरपश्चिम र गण्डकी प्रदेश पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

श्रीलंकासँग यूएईको फराकिलो हार, खेर गयो कार्तिकको ह्याट्रिक

कार्तिक मैयप्नको ह्याट्रिकका बाबजुत युएई श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले भने दोस्रो खेलमा पहिलो जित निकालेको छ । भिक्टोरियाको दक्षिण जिलोनमा भएको खेलमा श्रीलंका ७९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ दशमलब १ ओभरमा अलआउट हुदैँ ७३ रन मात्र बनायो । युएईका लागि आयान खानले १९ तथा चिराग सुरीले १४ रन बनाए ।

जुनेद सिद्धिकिले अविजित रन १८ बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि दुश्मन्था चमिरा तथा वानिन्दु हसरंगाले समान ३/३ विकेट लिए । महेश तिक्षण २ तथा प्रमोद मधुशंका र डासुन शनकाले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निशंकाले ७४ रनको अर्धशतकीय पारी खेले । धनन्जय डि सिल्भाले ३३ रन जोड्दा कुशल मेन्डिसले १८ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यूएईका लागि कार्तिक मैयप्नले ह्याट्रिक ३ विकेट लिए ।

टी-ट्वान्टी विश्वकपमा मैयप्न ह्याट्रिक लिने पहिलो युएईका बलर हुन् । १३.३ ओभरमा भानुका राजपाक्षे, १३.४ ओभरमा चरिथा अशलंका तथा १३.५ ओभरमा कप्तान दासुन शनकालाई उनले आउट गरेका थिए । जाहोर खानले २ तथा आर्यन लाक्रा र आयान खानले समान १/१ विकेट लिए । जितसँगै श्रीलंका २ खेलमा २ अंकका साथ पहिलो राउण्डको समूह ए मा तेस्रो स्थानमा रहेको छ । हारसँगै २ खेलमा जित विहीन रहेको यूएई पुछारमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.