विश्वकपअघि पोर्चुगललाई ठूलो झड्का, आत्तिए रोनाल्डो

काठमाडौं।

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मङ्सिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्।

हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ। अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल। सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ। विश्वकप विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो।

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलअघि पोर्चुगललाई ठूलो झड्का लागेको छ। फरवार्ड डिएगो जोटाको रूपमा पोर्चुगललाई झड्का लागेको हो। जोटाले फिफा विश्वकप फुटबल गुमाउने भएका छन्। काल्फ चोटका कारण जोटाले विश्वकप गुमाउने भएका हुन् ।

कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ। लिभरपुलका फरवार्ड जोटाले प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा चोट बोकेका थिए। उक्त खेलमा लिभरपुल १–० ले विजयी भएको थियो।

लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले जोटाले विश्वकप गुमाउने पुष्टि गरेका हुन्। जोटाले हालै लिभरपुलसंगको सम्झौता नवीकरण गरेका थिए। २५ वर्षीय फरवार्ड २०२७ सम्म लिभरपुलमा रहने छन्। जोटा २०२० मा उल्भ्सबाट लिभरपुल आएका थिए। जोटाले विश्वकप गुमाउने भएपछि पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले चिन्ता व्यक्त गरेका छन्।

यस्तै, फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्। ह्यामस्ट्रिङमा चोटका कारण कान्टेले कतार विश्वकप गुमाउने भएका हुन् ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए । फ्रान्सको विश्वकप विजेता ३१ वर्षीय कान्टेले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन् ।

एन्फाको ऐतिहासिक निर्णय, अब ‘ए’ डिभिजन लिगमा लागू हुनेछ यस्तो नियम

आसन्न सहिद स्मारक ए डिभिजन लिग डबल राउण्ड रोविनमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजनका क्लबबीच काठमाडौंमा मंगलबार बसेको बैठकले ए सहिद स्मारक लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।लिगका खेललाई उपत्यका बाहिर पनि आयोजना गर्ने र लिगलाई व्यवस्थित गर्ने सन्दर्भमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय एन्फा र क्लबले गरेका छन् ।

लिग डबल राउण्डमा खेल्ने क्लबको इच्छा र एन्फाको सहजीकरणमा नयाँ ढाचामा नेपाली घरेलु लिग प्रवेश गर्ने ऐतिहासिक निर्णय भएको छ । लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्नुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

तर, क्लब र एनफाबीच आपसी समन्वय नहुँदा डबल लिगको अवधारणा छायाँमा पर्दै आएको छ । पछिल्लो निर्णयसँगै नेपाली फुटबलले प्रतिक्षा गरेको होम एण्ड अवे अवधारणामा लिग सञ्चालन गर्ने दिशामा क्लब र एन्फा अघि बढेका छन् ।

Leave A Reply

Your email address will not be published.