काठमाडौं।
वेष्ट इण्डिजले अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपमा पहिले जित निकालेको छ। पआजको दोस्रो खेलमा जिम्बाब्वेलाई ३१ रनले हराउँदै वेष्ट इण्डिजले पहिलो जित हात पारेको हो। वेष्ट इण्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन मात्र बनाउन सक्यो।
उसका लागि लुक जोङ्गवेले २९, वेस्ली मधेभरेले २७, रायन बर्लले १७, सिकन्दर राजाले १४ र कप्तान रेगिस चकाब्वाले १३ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
वेष्ट इण्डिजका लागि अल्जारी जोसेफ र जेसन होल्डरले उत्कृष्ट बलिङ गरे। दुवैजना जितका नायक बने। जोसेफले ४ ओभरमा १६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। होल्डरले ३.२ ओभरमा १३ रन दिँदै ३ विकेट हात पारे। ओडिन स्मिथ, ओबेड म्याककोए र अकेल होसेनको नाममा एकएक विकेट रह्यो।
त्यसअघि होवार्टमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।
उसका लागि जोनसन चार्ल्सले सर्वाधिक ४६ रनको योगदान दिए। ३६ बल सामना गरेका चार्ल्सले ३ चौका र २ छक्का हिर्काए। यस्तै, रोभम्यान पावेलले २८, अकेल होसेनले अविजित २३, इभिन लुइसले १५, काइल मेयर्सले १३ रन बनाउँदा कप्तान निकोलस पूरन ७, जेसन होल्डर ४ र शमार ब्रुक्स शून्य रनमा आउट हुँदा ओडिन स्मिथ १ रनमा नटआउट रहे।
जिम्बाब्वेका लागि सिकन्दर राजाले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १९ रन दिँदै महत्वपूर्ण ३ विकेट लिए। यस्तै, ब्लेसिंङ मुजरबानी २ र सेन विलियम्सले १ विकेट लिए। आयरल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै आयरल्याण्डले जारी विश्वकपमा पहिलो जित हात पारेको हो। यसअघिको पहिलो खेलमा आयरल्याण्ड जिम्बाव्बेसँग ३१ रनले हारेको थियो।
बुधबार होवार्टमा स्कटल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्य आयरल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। स्कटल्याण्डको जितमा कर्टिस क्याम्फर र जर्ज डकरेलले उत्कृष्ट ब्याटिङ गरे। क्याम्फरले ३२ बलमा ७ चौका र २ छक्कासहित अविजित ७२ रन बनाउँदा जर्ज २७ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३९ रनमा अविजित रहे।
यस्तै, लोर्कन टकरले २०, ह्यारी टेक्टर र एन्डी बालबर्नीले १४/१४ तथा पलउ स्टर्लिंङले ८ रनको योगदान दिए। स्कटल्याण्डका लागि माइकल लीस्क, सफायान शरीफ, ब्राड व्हील र मार्क वाटले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनायो।
उसका लागि माइकल जोन्सले उत्कृष्ट ब्याटिङ गरे। उनले ५५ बलमा ६ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ८६ रनको योगदान दिए। २४ वर्षीय जोन्सको यो पहिलो टी–२० अर्धशतक हो। यसका साथै उनको यो टी–२० अन्तर्राष्ट्रिय करियरको उत्कृष्ट ब्याटिङ पनि हो। यसअघि यस ढाँचामा उनको उच्च स्कोर २० रन थियो।
यस्तै, कप्तान रिची बेरिङ्गटनले ३७, म्याथ्यू क्रसले २८ र माइकल लीस्कले अविजित १७ रन बताए। जर्ज मुन्से १ र क्यालम म्याकलियोड शून्य रनमा आउट भए। आयरल्याण्डका लागि कर्टिस क्याम्फरले २ तथा मार्क एडेयर र जोश लिटिलले १–१ विकेट लिए। एक विकेट रनआउटको रूपमा प्राप्त भयो। जारी विश्वकपमा स्कटल्याण्डको यो पहिलो हार हो। उसले आफ्नो पहिलो खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजलाई ४२ रनले हराएको थियो।