रियल म्याड्रिडको अर्को शानदार जित, शीर्ष स्थानमा ठूलो अग्रता

काठमाडौं।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ। गएराति रियलले घरेलु टोली इल्चेलाई ३–० ले हराउँदै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्को एसेन्सियाले १-१ गोल गरे।

खेलको ११ औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। त्यसअघि खेलको छैठौं मिनेटमा करिम बेन्जेमाले गोल गरे पनि भिएआरमा अफसाइड ठहरिँदा गोलले मान्यता पाएको थिएन।

पहिलो हाफमा १-० ले अघि रहेको रियलका लागि २६औं मिनेटमा डेभिड अलाबाले गरेको गोल पनि भिएआरमा अफसाइड ठहरिएको थियो।

खेलको ७५ औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई २-०मा पुर्‍याए। त्यसअघि ६१औं मिनेटमा बेन्जेमाले गरेको गोल पनि भिएआरमा अफसाइड ठहरिएको थियो।

भिएआरबाट ३ गोलले मान्यता नपाएको रियलका लागि मार्कोले ८९ औं मिनेटमा गोल गर्दै ३-० को सानादार जित दिलाए।

यो जितसँगै अपराजित रहेको रियलको १० खेलबाट २८ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ। समान १० खेल खेलेको रियल सोसिडाड २२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ।

Leave A Reply

Your email address will not be published.