एपीएफले जित्यो पुरुष फुटबलको स्वर्ण, यी खेलाडी बने जितको ‘हिरो’

पोखरा।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे । पेनाल्टीमा एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे ।

सनिस श्रेष्ठ भने पेनाल्टीमा चुके । पेनाल्टी अघि दोस्रो हाफमा दुवै टोलि १० खेलाडीमा समेटिएको थियो । एपीएफका प्रदिप लामा र आर्मीका पदम तामाङले रातो कार्ड पाएका थिए ।

नवौं राष्ट्रिय : एपीएफलाई महिला फुटबलको स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लबले स्वर्ण जितेको छ। बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।

स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन्। पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काईन्। कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मी क्लबले प्रदेश एक पराजित गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी उचालेको हो ।

पहिलो पटक बनेको राष्ट्रिय खेलकुदको रनिङ शिल्ड ट्रफी उचाल्ने क्रममा आर्मीले ११० रजत र ८९ कास्य हात पार्यो । आर्मी आठौं संस्करणको राष्ट्रिय खेलकुदको समेत टिम च्याम्पियन हो । नवौंमा पदक तालिकाको दोस्रो स्थानमा विभागीय टोलि एपीएफ क्लब रह्यो ।

एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जितेको छ । अर्को विभागीय टिम पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य सहित कुल १९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो र बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रह्यो। छैटौं स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत, ५० कास्य सहित कुल ८३ पदक जित्यो ।

सुदूरपश्चिमले १० स्वर्ण, १० रजत ४३ कास्य सहित कुल ६३ पदक जितेर सातौं स्थानमा रह्यो । एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं, लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थान हासिल गर्यो । त्यसैगरी, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य सहित कुल ३९ पदक जित्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदक सहित कुल १८ पदक हात पार्यो ।

Leave A Reply

Your email address will not be published.