काठमाडौं।
क्रिकेटको कुनै पनि ढाँचामा फिल्डिङको महत्त्वपूर्ण भूमिका हुन्छ। उत्कृष्ट फिल्डिङको मद्दतले कुनै पनि खेलको नतिजा परिवर्तन गर्न सकिन्छ। अक्सर हामीले देखेका छौं कि उत्कृष्ट क्याच वा उत्कृष्ट रन आउटले खेलको नतिजा बदल्न सक्छ। विश्वकप २०१९ को फाइनलमा जोस बटलरले रनआउट गरेपछि इंग्ल्याण्डको टोली विश्व च्याम्पियन बनेको थियो। यो सबैलाई याद नै होला।
विश्वकपको कुरा गर्ने हो भने यति ठूलो प्रतियोगिता जित्नका लागि तीनवटै डिपार्टमेन्टमा राम्रो खेल देखाउनुपर्छ। टिमंको बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट हुनुपर्छ। प्रायः टोलीहरू बलिङ र ब्याटिङमा बढी ध्यान केन्द्रित गर्छन् तर फिल्डिङमा त्यति ध्यान दिँदैनन्। तर, फिल्डिङ धेरै महत्त्वपूर्ण छ किनभने महत्त्वपूर्ण समयमा लिइएको क्याचले सम्पूर्ण खेलको नतिजा बदल्न सक्छ।
मैदानको फिल्डिङबाहेक क्याच पनि धेरै महत्त्वपूर्ण छ। हामीले धेरै अवसरहरूमा देखेका छौं कि एउटा क्याचले पूरै प्रतियोगिताको नतिजा नै परिवर्तन गरेका छन्। यद्यपि विश्वकपमा अहिलेसम्म धेरै खेलाडीले धेरै क्याच समातेका छन्, तर आज हामी टी–२० विश्वकपमा सबैभन्दा धेरै क्याच समात्ने ३ खेलाडीको बारेमा चर्चा गर्दैछौं।
३. डेविड वार्नर
टी–२० विश्वकपमा सबैभन्दा धेरै क्याच लिने खेलाडीको तेस्रो स्थानमा अष्ट्रेलियाका महान् ब्याटर डेविड वार्नर छन्। वार्नर अस्ट्रेलियाका प्रमुख ओपनर हुन् तर साथमा उनी निकै बलियो फिल्डर पनि हुन्।
वार्नर प्रायः यस्तो ठाउँमा फिल्डिङ गरेको देखिन्छ, जहाँ बल जाने सम्भावना बढी हुन्छ। विश्वकपमा वार्नरले २००९ देखि २०२१ सम्म कुल ३० टी–२० खेल खेलेका छन्। यस अवधिमा उनले १८ क्याच लिएका छन्।
२. मार्टिन गुप्टिल
न्यूजिल्याण्डका महान् ब्याटर मार्टिन गुप्टिल पनि उत्कृष्ट फिल्डर हुन्। २०१९ विश्वकपको सेमिफाइनल खेलमा उनले एमएस धोनीलाई कसरी रनआउट गरेका थिए र त्यो खेल हारेपछि भारतीय टोली विश्वकपबाट बाहिरिएको थियो भन्ने कुरा तपाईंलाई नै याद छ होला।
गुप्टिलले अक्सर महत्वपूर्ण अवसरहरूमा क्याच वा रन आउट गरेर आफ्नो टोलीलाई जित दिलाएका छन्। मार्टिन गुप्टिलले सन् २००९ देखि २०२१ सम्मको विश्वकपमा कुल २८ खेल खेलेका छन्। यस अवधिमा १९ क्याच लिएका छन्।
१. एबी डिभिलियर्स
टी–२० विश्वकपमा सबैभन्दा धेरै क्याच लिने कीर्तिमान एवी डिभिलियर्सको नाममा छ। डिभिलियर्स एक राम्रो ब्याट्सम्यानका साथै राम्रो फिल्डर पनि हुन्।
आईपीएलमा उनको शानदार फिल्डिङको नमुना तपाईंले धेरै पटक देख्नु भएको छ। डिभिलियर्सले सन् २००७ देखि २०१६ सम्मको टी–२० विश्वकपमा कुल ३० खेल खेलेका छन्। यस अवधिमा २५ इनिङ्समा २३ क्याच लिएका छन्।