काडठमाडौं।
अष्ट्रेलियामा आईसीसी पुरुष टी–२० विश्वकप जारी छ। तर, घरेलु टोली अष्ट्रेलियाका विस्फोटक ब्याटर तथा अलराउन्डर ग्लेन म्याक्सवेल पछिल्लो समय फर्ममा छैनन्। उनको ब्याटिङको क्रिकेट जगतमा निरन्तर चर्चा हुन्छ। टी–२० विश्वकप २०२२ मा अष्ट्रेलियाको पहिलो खेलअघि टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले म्याक्सवेललाई लिएर महत्वपूर्ण प्रतिक्रिया दिएका छन्।
उनले म्याक्सवेल भएमा टिमका बाँकी ब्याट्सम्यानको काम सजिलो हुने बताएका छन् । यसका साथै उनलाई धेरै परिवर्तन गर्न नखोजिरहेको म्याकडोनाल्डको भनाइ छ। प्रशिक्षक म्याकडोनाल्डले म्याक्सवेलको फर्मबारे भनेका छन्, ‘उनको खेल्ने तरिका उस्तै छ र उसले ब्याटिङ गर्ने शैलीले बाँकी ब्याट्सम्यानको काम सजिलो बनाउँछ।
टी–२० क्रिकेट ब्याट्सम्यानका लागि चुनौतीपूर्ण छ। तपाईंले इनिङ्सको सुरुमै जोखिम उठाउनु पर्छ र कहिलेकाहीँ तपाईं खतराहरूसँग खेल्दा असफल हुनुहुनेछ। हामी उनलाई धेरै परिवर्तन गर्न खोजिरहेका छैनौं। आगामी विश्वकपका लागि उनको तयारी उत्कृष्ट छ र हामी विश्वस्त छौं कि उनको ब्याटले रन बनाउनेछ।’
म्याकडोनाल्डले थप भनेका छन्, ‘उनले टोलीका बाँकी ब्याट्सम्यानका लागि चिजहरू सजिलो बनाउँछन् र हामीलाई थाहा छ कि उनको फर्म अझै छैन। तर उनी यतिबेला फर्ममा आउन सक्छन्। म्याक्सवेल हाम्रा फ्रन्टलाइन स्पिनरहरूमध्ये एक हुन् जसले हामीलाई उत्कृष्ट सन्तुलन दिन्छ।’
अष्ट्रेलियाले टी–२० विश्वकपको आफ्नो पहिलो खेल भोलि अर्थात् २२ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्नेछ। यसबाहेक अष्ट्रेलियाले भारतसँग अभ्यास खेल खेलेको थियो। जसमा टोली ६ रनले पराजित भएको थियो। यस खेलमा ग्लेन म्याक्सवेलले ठूलो स्कोर गर्न सकेनन्। उनले २३ रन मात्र बनाउन सकेका थिए।
म्याक्सवेलले अष्ट्रेलियाका लागि तीनै ढाँचाको क्रिकेटमा शतक बनाएका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा तीनवटा शतक प्रहार गरेका छन्। उनले अहिलेसम्म ९४ टी–२० म्याचको ८४ इनिङ्समा कूल २ हजार ४१ रन बनाएका छन्। उनको टी–२० आईमा उच्च स्कोर अविजित १४५ रन रहेको छ। उनले टी–२० अन्तर्राष्ट्रियमा ३६ विकेट पनि लिएका छन्।
अष्ट्रेलियाले यी युवा स्टारलाई बोलायो विश्वकप टिममा
आईसीसी पुरुष टी–२० क्रिकेट प्रतियोगिता अष्ट्रेलियामा जारी छ। बिहीबारसम्म पहिलो चरणका १० वटा म्याच सकिएका छन्। प्रारम्भिक चरणमा नै चोट लागेका खेलाडीको ठाउँमा टोलीले परिवर्तन गर्नुपर्ने भएको छ। सोही क्रममा अष्ट्रेलियाले पनि आफ्नो टोलीमा परिवर्तन गरेको छ। अलराउन्डर क्यामरन ग्रीनलाई विकेटकिपर जोस इन्ग्लिसको स्थानमा समावेश गरेको छ।
ग्रीनको समावेशको चर्चा लामो समयदेखि चलिरहेको थियो तर उनलाई स्थान दिइएन। अन्ततः अहिले उनी टोलीमा परेका छन्। जोस इन्ग्लिस आफ्ना साथीहरूसँग गल्फ खेलिरहेका बेला घाइते भएपछि ग्रीनलाई टिममा बोलाइएको हो। उनको हातबाट धेरै रगत निस्किएको र जोश निकै समस्यामा देखिएको बताइएको छ।
उनलाई अस्पताल लगिएको थियो। अहिले उनी टिम बाहिर रहेको पुष्टि भएको छ। अष्ट्रेलियाको विश्वकप टोलीमा म्याथ्यू वेड मात्र विकेटकिपरका रूपमा रहेका छन्। कुनै ब्याकअप समावेश गरिएको छैन। त्यसैले वेड कुनै कारणले घाइते भएमा अष्ट्रेलिया समस्यामा पर्न सक्छ। २३ वर्षीय ग्रीनले आफ्नो पछिल्लो प्रदर्शनले सबैलाई प्रभावित पारेका छन्।
उत्कृष्ट प्रदर्शनका कारण नै उनले विश्वकपमा स्थान बनाएका हुन्। ग्रीनले भारत भ्रमणमा ओपनरको रूपमा उत्कृष्ट इनिङ्स खेलेका थिए। तीन खेलमा २१४.५४ को उत्कृष्ट स्ट्राइक रेटमा १ सय १८ रन बनाएका छन्। यस क्रममा उनको ब्याटबाट दुई अर्धशतक पनि निस्किएको थियो। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले टी–२० विश्वकपमा आफ्नो पहिलो खेल २२ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्ने छ। यो खेल सिड्नीमा हुनेछ।
टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोली : आरोन फिन्च (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, जोस हेजलवुड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभन स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड (विकेटकिपर), डेभिड वार्नर, एडम जाम्पा र क्यामरन ग्रीन।