रोहितको कप्तानी खोसिँदै, यी खेलाडी बन्दै नयाँ क्याप्टेन !

काठमाडौं।

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माको कप्तानीलाई लिएर धेरै प्रश्न उठिरहेका छन्। उनको कप्तानीमा भारतले टी–२० विश्वकपको सेमिफाइनल खेलमा नराम्रो हार बेहोरेको थियो। अहिले यही कारणले उनको कप्तानीमाथि प्रश्न उठेको छ।

रोहितको कप्तानी खोसिने खतरा बढेको छ। पूर्व क्रिकेटर अतुल वासनले अब रोहित शर्मालाई कप्तानीबाट हटाएर हार्दिक पाण्ड्या र ऋषभ पन्तमध्ये एकलाई कप्तान बनाउनुपर्ने तर्क गरेका छन्।

शर्माको कप्तानीमा भारतको प्रदर्शन दुई ठूला प्रतियोगिताहरूमा खराब रह्यो। टोलीले न त एसिया कप, न त टी–२० विश्वकप जित्न सकेको छ। जसका कारण टोलीमाथि धेरै प्रश्न उठिरहेका छन्। रोहित ३५ वर्षका भइसकेका छन्। अर्को टी–२० विश्वकप आउन दुई वर्ष बाँकी छ। उनी त्यतिबेला ३७ वर्षका हुनेछन्। अब बीसीसीआई उनको स्थानमा नयाँ खेलाडीलाई कप्तान बनाउने तयारीमा रहेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

वासनका अनुसार रोहित शर्माले अब टी–२० बाट संन्यास लिनुपर्ने औंल्याएका छन्। एबीपी न्यूजसँगको कुराकानीमा उनले भने, ‘तपाईं सधैं दुई विश्वकपको बीचमा योजना बनाउनुहुन्छ र मलाई लाग्दैन कि रोहित शर्मालाई कप्तानको रूपमा राख्दा भारतीय क्रिकेटको लागि कुनै फाइदा हुन्छ। हामीले यो प्रतिफलको कुनै पनि लगानी पाउने छैनौं। तपाईसँग हार्दिक पाण्ड्या र ऋषभ पन्तको रूपमा दुई विकल्प छन्। सेमिफाइनलमा के भयो म अझै पत्याउन सक्दिन। भारतले एडिलेडमा ब्याटिङ गरिरहेको र शारजाहमा इंग्ल्याण्डले ब्याटिङ गरेको जस्तो लाग्यो। यो हारमा व्यवस्थापन जिम्मेवार छ।’

भारतीय क्रिकेट टिमले पायो नयाँ प्रशिक्षक

भारतीय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ। न्युजिल्याण्डविरुद्धको सिरिजमा भारतको प्रशिक्षक भीभीएस लक्ष्मण रहने भएका छन् ।नियमित मुख्य प्रशिक्षक राहुल द्रविड बिदामा बसेपछि न्युजिल्याण्डविरुद्ध लक्ष्मणले भारतीय टोली सम्हाल्ने भएका हुन् ।

टी-ट्वान्टी विश्वकपमा सेमिफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक राहुल बिदामा बसेका छन् । भारतले घरेलु टोली न्युजिल्याण्डविरुद्ध टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । दुबै सिरिज तीन खेलको हुनेछ । पहिलो टी-ट्वान्टी आगामी शुक्रबार हुनेछ । यस्तै पहिलो एकदिवसीय नोभेम्बर २५ मा हुनेछ ।

बीसीसीआईले न्यूजिल्याण्डसँग टी–२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ। भारतीय टिमको कप्तान हार्दिक पाण्ड्यालाई दिइएको छ।ऋषभ पन्तलाई उपकप्तान बनाइएको छ। नियमित कप्तान रोहित शर्मालाई यस सिरिजमा आराम दिइएको छ।

यो टोलीमा उमरान मलिकलाई पनि स्थान दिइएको छ। दिनेश कार्तिक टिमबाट बाहिरिएका छन्। रोहित र विराट कोहली, केएल राहुललाई आराम दिइएको छ। टोलीमा सञ्जु सामसन, वासिङ्टन सुन्दर, कुलदीप यादव, श्रेयस अय्यर जस्ता खेलाडीलाई समावेश गरिएको छ। टी–२० विश्वकप खेलिरहेका रविचन्द्रन आश्विन पनि यो टोलीमा छैनन्।

हार्दिकले यसअघि पनि कप्तानी गरिसकेका छन् यसपटक पनि उनको कप्तानी क्षमताको परीक्षण हुनेछ। यसका साथै भारतले न्यूजिल्याण्डसँग एकदिवसीय सिरिज खेल्ने टिम पनि घोषणा गरेको छ। यो सिरिजमा भारतको कप्तानी शिखर धवनले गर्नेछन्।  यस्तै, बंगलादेशसँग टेष्ट र वानडे सिरिज खेल्ने टिम पनि घोणषा भएको छ।

न्यूजिल्याण्डसँग खेल्ने भारतीय टी–२० टिम : हार्दिक पाण्डेय (कप्तान), ऋषभ पन्त (उपकप्तान/विकेटकिपर), शुभमन गिल, इशान किशन, दीपक हुडा, सूर्यकुमार यादव, श्रेयस अय्यर, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, कुलदीप यादव, अर्शदीप सिंह, हर्षल पटेल, मोहम्मद सिराज, भुवनेश्वर कुमार र उमरान मलिक।

न्यूजिल्याण्डसँग खेल्ने भारतीय एकदिवसीय टिम : शिखर धवन (कप्तान) ऋषभ पन्त (उपकप्तान/विकेटपर), शुभमन गिल, दीपक हुड्डा, सूर्यकुमार यादव, श्रेयस अय्यर, सञ्जु सामसन (विकेटकीपर), वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, शाहबाज अहमद, युजवेन्द्र चहल, कुलदीप यादव, अर्शदीप सिंह, दीपक चाहर, कुलदीप सेन र उमरान मलिक।

बंगलादेशसँग सिरिज खेल्ने एकदिवसीय टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटिदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, दीपक चाहर रयश दयाल।

बंगलादेशविरुद्धको टेस्टका लागि भारतीय टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज र उमेश यादव।

Leave A Reply

Your email address will not be published.