काठमाडौं ।
म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई घरेलु म्याचमा खेल्न नपाउने भएका छन्। एभर्टनका समर्थनको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्ड एफएले रोनाल्डोलाई दुई खेल्न नदिने निर्णय गरेको हो ।
गत अप्रिलमा गुडिसन पार्कमा एभर्टनसँग हार बेहोरेपछि प्लेयर बक्स फर्किने क्रममा रोनाल्डोले एभर्टन समर्थकको फोनमा ठक्कर दिएका थिए । यस्तै रोनाल्डोलाई ५० हजार पाउण्ड जरिवानासमेत तोकिएको छ ।
रोनाल्डोले मंगलबार युनाइटेड छाडिसकेका छन् । मुख्य प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेपछि रोनाल्डोले आपसी सहमतिमा युनाइटेड छाडेका हुन् । रोनाल्डो विश्वकप फुटबलका लागि कतारमा छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले बिहीबार घानाको सामना गर्नेछ ।यस प्रतिबन्ध अन्तराष्ट्रिय खेलमा लागु हुँदैन।
जर्मनीमाथि जापानको उत्कृष्ट जित, यी खेलाडी बने जितका ‘नायक’
कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।
एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।
जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए ।
तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए ।
मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् । त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए। जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ । जर्मनी पुछारमा रहेको छ ।