आज घानासँग खेल्दै पोर्चुगल, यस्तो छ ‘हेड टु हेड’ नतिजा

काठमाडौं।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आज बिहीबार अफ्रिकी राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ । समूह ‘एच’ मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

पोर्चुगलका कीर्तिमानी खेलाडी रोनाल्डोको यो अन्तिम विश्वकप हो । त्यसैले पोर्चुगल यस विश्वकपलाई यादगार बनाउन चाहन्छ। घानाविरुद्ध मैदान उत्रदा पोर्चुगल सहज जितको खोजीमा हुनेछ। तर, घाना पनि पोर्चुगललाई हराउँदै विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । दुबै टोली पहिलो खेलमा ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

हेड टु हेड – पोर्चुगल र घानाबीच हालसम्म एक खेलमा प्रतिस्पर्धा भएको छ । २०१४ को विश्वकपमा भएको भेटमा पोर्चुगलले २-१ ले खेल जितेको थियो । पोर्चुगल र घानाबीचको यो दोस्रो प्रतिस्पर्धा हो।

सम्भावित सुरुआती-११

पोर्चुगल – कोस्टा, कान्सेलो, डियास, पेपे, मेन्डिस, नेभेस, कार्भाल्हो, फेर्नान्डेस, सिल्भा, रोनाल्डो, लियो

घाना- एटी-जिगी, लाम्टेय, अमर्टे, सालिसु, मेन्साह,पार्टेय, सामेद, सुलेमाना, कुडुस, जे एयु, ए एयु

प्लेयर्स टु वाच – यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र घानाका आन्द्रे एयु प्लेयर्स टु वाचको रुपमा रहने छन् ।

उरुग्वेविरुद्ध दक्षिण कोरिया : म्याच प्रिभ्यु
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बिहीबार उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

उरुग्वे एसियाली प्रतिद्वन्दीलाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ । समूह ‘एच’ मा रहेको उरुग्वेसँग स्टार र नयाँ खेलाडीको साथ रहने छ । उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीसहित मैदान उत्रनेछ ।

यता, दक्षिण कोरिया पनि उरुग्वेलाई पहिलो खेलमा स्तब्ध बनाउन चाहन्छ । जारी विश्वकपमा एसियाली राष्ट्रले ठुला टोलीलाई हराउदै आएको छ । कोरिया पनि त्यहिँ लक्ष्यमा हुनेछ।

दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्दै गरेका खेलाडीको साथ रहेको छ ।

हेड टु हेड – उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जितेको छ । दक्षिण कोरियाले १ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

उरुग्वे – सर्जियो रोचेट , गुइलेर्मो भारेला, डिएगो गोडिन, जोसे जेमेनेज, माथिस ओलिभेरा, रोड्रिगो बेन्टानकुर, माटियास भेसिनो, फेडेरिको भाल्भर्डे, जियोर्जियन डी एरास्केटा, लुइस सुआरेज, डार्विन नुनेज

दक्षिण कोरिया – किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ, ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो

प्लेयर्स टु वाच – यस खेलमा उरुग्वेका लुइस सुआरेज र दक्षिण कोरियाका सन ह्युङ मिनलाई प्लेयर्स टु वाचमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.