स्विट्जरल्याण्डको विजयी सुरुवात, निकाल्यो रोमाञ्चक जित

काठमाडौं।

स्विट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । उनले गोल गरेपछि सेलिब्रेसन समेत गरेनन् ।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ । क्यामरुनले हारबाट विश्वकपको सुरुआत गरेको छ । क्यामरुन पुछारमा रहेको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आज बिहीबार अफ्रिकी राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ । समूह ‘एच’ मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

पोर्चुगलका कीर्तिमानी खेलाडी रोनाल्डोको यो अन्तिम विश्वकप हो । त्यसैले पोर्चुगल यस विश्वकपलाई यादगार बनाउन चाहन्छ। घानाविरुद्ध मैदान उत्रदा पोर्चुगल सहज जितको खोजीमा हुनेछ। तर, घाना पनि पोर्चुगललाई हराउँदै विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । दुबै टोली पहिलो खेलमा ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

हेड टु हेड – पोर्चुगल र घानाबीच हालसम्म एक खेलमा प्रतिस्पर्धा भएको छ । २०१४ को विश्वकपमा भएको भेटमा पोर्चुगलले २-१ ले खेल जितेको थियो । पोर्चुगल र घानाबीचको यो दोस्रो प्रतिस्पर्धा हो।

सम्भावित सुरुआती-११

पोर्चुगल – कोस्टा, कान्सेलो, डियास, पेपे, मेन्डिस, नेभेस, कार्भाल्हो, फेर्नान्डेस, सिल्भा, रोनाल्डो, लियो। घाना- एटी-जिगी, लाम्टेय, अमर्टे, सालिसु, मेन्साह,पार्टेय, सामेद, सुलेमाना, कुडुस, जे एयु, ए एयु।

प्लेयर्स टु वाच – यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र घानाका आन्द्रे एयु प्लेयर्स टु वाचको रुपमा रहने छन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बिहीबार उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

उरुग्वे एसियाली प्रतिद्वन्दीलाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ । समूह ‘एच’ मा रहेको उरुग्वेसँग स्टार र नयाँ खेलाडीको साथ रहने छ । उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीसहित मैदान उत्रनेछ ।

यता, दक्षिण कोरिया पनि उरुग्वेलाई पहिलो खेलमा स्तब्ध बनाउन चाहन्छ । जारी विश्वकपमा एसियाली राष्ट्रले ठुला टोलीलाई हराउदै आएको छ । कोरिया पनि त्यहिँ लक्ष्यमा हुनेछ। दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्दै गरेका खेलाडीको साथ रहेको छ ।

हेड टु हेड : उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जितेको छ । दक्षिण कोरियाले १ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

Leave A Reply

Your email address will not be published.