आज सर्बियासँग खेल्दै ब्राजिल, यस्तो छ दुवै टिमबीचको विगत

काठमाडौं ।

फिफा विश्वकप फुटबलमा ब्राजिलको छुट्टै विरासत छ । ब्राजिल ५ पटकको कीर्तिमानी च्याम्पियन हो । यद्दपी ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । ब्राजिलले आज बिहीबार राति सर्बियासँग खेल्दै कतार विश्वकपको यात्रा सुरु गर्दैछ । समूह ‘जी’ मा रहेको ब्राजिलले लुसाइल स्टेडियममा सर्बियाको सामना गर्नेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

सर्बियाविरुद्ध मैदान उत्रदा ब्राजिल ५ पटकको च्याम्पियनको हैसियतले मात्र मैदानमा हुने छैन । कतार विश्वकपको उपाधि दाबेदारको रुपमा समेत रहनेछ । त्यसैले ब्राजिल सर्बियाविरुद्ध ३ अंकको खोजीमा हुनेछ ।

यता, सर्बिया पहिलो खेलमै अप्रत्यासित नतिजाको योजनामा हुनेछ । उपाधि दाबेदार टोलीलाई हराएर सर्बिया कतार विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छ । तर, ब्राजिलविरुद्ध सर्बियालाई जित निकाल्न सहज हुने छैन ।

हेड टु हेड : ब्राजिलले सर्बियाविरुद्ध हालसम्म दुई पटक प्रतिस्पर्धा गरेको छ । जसमा ब्राजिल अपराजित रहेको छ । २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सर्बियालाई १-० ले हराएको थियो । यस्तै २०१८ मा भएको रुस विश्वकपमा ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो ।

सम्भावित सुरुआती-११

ब्राजिल : एलिसन, डानिलो, मार्क्विन्होस, सिल्भा, सान्ड्रो, फ्रेड, कासिमिरो, नेयमार, पाक्वेटा, राफिन्हा, रिचार्लिसन। सर्बिया : भी. मिलिन्कोभिच साभिक, मिलेन्कोभिच, मिट्रोभिच, पाभ्लोभिच, जिभ्कोभिच, गुडेल्जी,मिलिन्कोभिच साभिक, टाडीच, कोस्टिच, भाल्होभिच, ए. मिट्रोभिच। प्लेयर्स टु वाच : यस खेलमा ब्राजिलका नेयमार र सर्बियाका एलेक्जेण्डर मिट्रोभिच प्लेयर्स टु वाचमा रहेका छन्।

घानासँग खेल्दै पोर्चुगल, यस्तो छ ‘हेड टु हेड’ नतिजा

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आज बिहीबार अफ्रिकी राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ । समूह ‘एच’ मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

पोर्चुगलका कीर्तिमानी खेलाडी रोनाल्डोको यो अन्तिम विश्वकप हो । त्यसैले पोर्चुगल यस विश्वकपलाई यादगार बनाउन चाहन्छ। घानाविरुद्ध मैदान उत्रदा पोर्चुगल सहज जितको खोजीमा हुनेछ। तर, घाना पनि पोर्चुगललाई हराउँदै विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । दुबै टोली पहिलो खेलमा ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

हेड टु हेड – पोर्चुगल र घानाबीच हालसम्म एक खेलमा प्रतिस्पर्धा भएको छ । २०१४ को विश्वकपमा भएको भेटमा पोर्चुगलले २-१ ले खेल जितेको थियो । पोर्चुगल र घानाबीचको यो दोस्रो प्रतिस्पर्धा हो।

सम्भावित सुरुआती-११

पोर्चुगल – कोस्टा, कान्सेलो, डियास, पेपे, मेन्डिस, नेभेस, कार्भाल्हो, फेर्नान्डेस, सिल्भा, रोनाल्डो, लियो। घाना- एटी-जिगी, लाम्टेय, अमर्टे, सालिसु, मेन्साह,पार्टेय, सामेद, सुलेमाना, कुडुस, जे एयु, ए एयु। प्लेयर्स टु वाच – यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र घानाका आन्द्रे एयु प्लेयर्स टु वाचको रुपमा रहने छन् ।

Leave A Reply

Your email address will not be published.