सन्दीपले यी चार नेपाली क्रिकेटरलाई गरे इन्स्टाग्राममा अनफलो

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने अहिले सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेका छन्। उनले शुक्रबार मात्रै आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ अर्थात् ‘र, कथा यहाँ अन्त्य हुन्छ’ राखे।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरे। यसका साथै सन्दीपले राष्ट्रिय टिमका खेलाडीलाई इन्स्टाग्रामबाट अनफलो गरेका छन्। उनले पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेललगायतलाई इन्स्टाग्राम अनफलो गरेका हुन्।

ब’ला’त्कार आ’रो’पमा आफू जे’ल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए। पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन्। ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन्।

घरेलु टोली भारतले न्यूजिल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। शनिबार भएको दोस्रो खेलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो। पहिलो खेल भारतले १२ रनले जितेको थियो।

यस जितसँगै तीन म्याचको सिरिजमा भारतले २–० को अग्रतासमेत बनाएको छ। न्यूजिल्याण्डले दिएको १ सय ९ रनको सामान्य लक्ष्य भारतले २०.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

भारतको जितमा कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले। उनले ५० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए। रोहितको यो ४८औँ एकदिवसीय अर्धशतक हो। यस्तै, ओपनर शुभमन गिलले अविजित ४०, विराट कोहलीले ११ र इशान किशनले नटआउट ८ रन जोडे।

न्यूजिल्याण्डका लागि हेनरी शिपले र मिचेल सान्टनरले १/१ विकेट लिए। त्यसअघि रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङको मौका पाएको पाहुना टोली न्यूजिल्याण्डले ३४.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो।

उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६, मिचेल सान्टनरले २७ र माइकल ब्रेसवेलले २२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। भारतका लागि मोहम्मद शामीले उत्कृष्ट बलिङ गरे।

उनले ६ ओभरमा १ मेडनसहित मात्र १८ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। यस्तै, हार्दिक पाण्ड्या र वाशिङ्टन सुन्दरले २/२ तथा मोहम्मद सिराज, शार्दुल ठाकुर र कुलदीप यादवले १/१ विकेट लिए। यी दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय म्याच आउँदो मंगलबार इन्दोरमा हुनेछ।

Leave A Reply

Your email address will not be published.