यी दुई काम गरेबापत आदिलले बुझे १२ लाख

काठमाडाैं।

राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल आलमले दुई खेलमा ‘स्पट फिक्सिङ’ गरेबापत १२ लाख बुझेको खुलेको छ । आदिलसहित पूर्वराष्ट्रिय खेलाडी महबूब आलमलाई नि’य’न्त्रणमा लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त तथ्य खुलाएको हो ।

महबूबले कम्तीमा २ नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरेको खुलेको छ भने आदिल दुईवटा खेलमा फि’ क्सि’ ङमा सामेल भएको पाइएको छ । सीआईबीका अनुसार आदिललाई एक खेलमा एउटा नो बल र एउटा वाइड फाल्न लगाइएको थियो । उनले खेलेका कम्तीमा दुई खेलमा सोही प्रकृतिको खेल देखिएको सीआईबीले जानकारी दिएको छ ।

सीआईबी स्रोतका अनुसार २६ डिसेम्बरमा भएको काठमाडौं भर्सेस जनकपुर (म्याच ८) र २९ डिसेम्बरमा भएको जनकपुर भर्सेस फार वेस्ट (म्याच १२) मा आदिलले स्पट फिक्सिङ गरेको खुलेको छ । उनले एक खेलमा एउटा नो बल र एउटा वाइड फालेबापत ६ लाख बुझेको पाइएको छ । दुई खेलमा गरी उनले १२ लाख बुझेको प्रहरीले जनाएको छ ।

नेपाली खेलाडीलाई नेपाली व्यक्ति र विदेशी खेलाडीलाई व्यवस्थापन टीमकै सदस्यबाट फि’ क्सि’ ङका लागि प्रस्ताव आएको पनि सीआईबीले जानकारी दिएको छ । ​टीम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले त एक इनिङमा पूर्वनिर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको खु’लेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको 1xBat ले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भनेर दाबी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्री उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै सामग्री उपलब्ध नभएको पनि सीआईबीले जानकारी दिएको छ ।

केही फ्रेन्चाइज टीमको आर्थिक स्रोत र खेलाडीलाई दिने पारिश्रमिकको स्रोत समेत नखुलेको पाइएको छ । हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा स्पट फि’ क्सि’ ङ गरेको आ’ रो’ पमा नेपाली खेलाडीद्वय महबूब आलम र मोहमद आदिल आलमलाई प्रहरीले प’ क्रा’ उ गरिसकेको छ । विदेशी खेलाडी भने आ-आफ्नो देश फर्किसकेका छन् । –लोकान्तर डट्कमबाट साभार।

Leave A Reply

Your email address will not be published.