राजस्थानलाई बलियो लक्ष्य दिन चुक्यो लखनऊ, मेयर्सले बनाए सर्वाधिक रन

काठमाडौं।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत लखनऊ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई १ सय ५५ रनको लक्ष्य दिएको छ। सवाई मानसिंह स्टेडियम जयपुरमा टस हारेर पहिले ब्याटिङको मौका पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनायो।

उसका लागि काइल मेयर्सले अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५१ रनको योगदान दिए। यस्तै, कप्तान केएल राहुलले ३९, निकोलस पूरनले २९, मार्कस स्टोइनिसले २१, क्रुणाल पाण्डेयले अविजित ४ रन बनाउँदा आयुष बडोनी, युधवीर सिंह १ र दीपक हुडा २ रनमा आउट भए।

राजस्थानका लागि रविचन्द्रन अश्विनले २, ट्रेन्ट बोल्ट, जेसन होल्डर र सन्दीप शर्माले समान १/१ विकेट लिए। राजस्थानले २ विकेट रनआउटको रूपमा लियो। जारी प्रतियोगितामा राजस्थान र लखनऊले समान ५/५ खेल खेलेका छन्। राजस्थान आजको खेल जितेर पाँचौँ जित निकाल्ने योजनामा छ ।

लखनऊ आजको खेल जितेर चौथो जित निकाल्ने लक्ष्यमा छ। राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा रहँदा लखनऊ ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। दुई टोलीबीचको भएको दुई भेटमा राजस्थान अपराजित रहेको छ। यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो।

Leave A Reply

Your email address will not be published.